काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका छन् । परिषद्ले फागुन ५ गतेदेखि ८ सम्म बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिर्सच सेन्टरमा सञ्चालन गरिएको परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएको परिषद्का सदस्य सचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार विभिन्न ४४ विषयमा लिइएको परीक्षामा कुल चार हजार ४७० जना सहभागी भएका मध्ये तीन हजार नौ अर्थात ६७.३१ प्रतिशत उत्तीर्ण भएका हुन्। एउटा विषयमा कम्तिमा एकजना देखि बढीमा दुई हजार २६३ जनासम्मको सहभागी थिए। गोरखापत्र

