च्याम्पियन्स–३६ अभियान शुभारम्भ

Published on

काठमाडौं । अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ कैलालीमा ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ । सन् २०३६ मा टी –२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरु तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो । क्रिकेटको सहर धनगढीबाट अभियान सुरु भएको छ । सुरुवाती चरणमा उक्त अभियान अन्तर्गत गो ड्रि«मर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्य घोषणा भएको छ । ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रि«मर्सका अध्यक्ष सुवास शाहीले दश वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गर्नुभयो । ‘यस अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । 

आज सुरुवात भएको छ । यसलाई देशभरि नै अभियानको रुपमा सञ्चालन गरिने शाहीले बताउनुभयो । धनगढीमा एकातिर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको इआइए समेत सम्पन्न भइ निर्माणको चरणमा अघि बढिसकेको अवस्थामा सुरु भएको यस अभियानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेशभरी खेल विकास कार्यक्रम सञ्चालन गर्दैआएको गो ड्रिमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो । नेपाल सुपरलिगको प्रमुख क्लब धनगढी एफसी गो ड्रिमर्सकै स्वामित्वमा रहेको छ । यसका साथै, गो ड्रिमर्स प्रतिष्ठित अर्जुन ट्रफीको आयोजक संस्था पनि हो । यसअघि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गो डिमर्सले धनगढीको फूलबारी र जुगेडामा पनि ग्रासरुट लेभल क्रिकेट परियोजना सञ्चालन छ । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गर्नुभयो ।

ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था हो । यस संस्थाले अब खेल विकासमार्फत पनि युवा सशक्तीकरणमा योगदान गर्ने प्राचार्य सञ्जय पन्तले बताउनुभयो ।  प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत...

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढीको मृत्यु

काठमाडौं । अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको...

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा

काठमाडौं । भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी...

मोटरसाइकल दुर्घटनामा न्यौपानेको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम...