जङ्गली हात्तीको आक्रमणमा घाइते महिलाको मृत्यु

Published on

काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।

आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा लामो समयदेखि मानव हात्ती द्वन्द्वका कारण  मानवीय क्षति हुँदै आइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...