सडकमा जमेको हिउँ पन्छाउन डोजर प्रयोग

Published on

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५,साङ्ता गाउँ जोड्ने सडकमा विगत दुई महिनादेखि जमेको हिउँ फुटाउन मङ्गलबारदेखि डोजर प्रयोग गरिएको छ ।  आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा जाने मतदातालाई सडकमा जमेको हिउँका कारण समस्या भएपछि सडक डिभिजन कार्यालय बागलुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको दुईवटा डोजर लगाएर हिउँ पन्छाउने कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो । 

प्रजिअ शर्माले भन्नुभयो, ‘‘सडकमा बाक्लो हिउँ जमेको अवस्था छ, छिटोभन्दा छिटो सडक खुलाउने प्रयत्न भइराखेको छ ।’’एक दुई दिनभित्रमा सडक नियमित बनाउन सकेमा गाउँमा रहेका मतदाता फर्किन सहज हुनुका साथै मतदानस्थलको अवलोकन सहित तयारीमा जुट्ने बताउनुभयो । १३ घरधुरी रहेको साङ्ता गाउँको हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता छन् । गाउँ जोड्ने सडकमा दुई फिटसम्म हिउँ जमेपछि स्थानीय जनप्रतिनिधिले छिमेकी गाउँमा रहेको मतदान केन्द्रमा स्थानान्तरणको प्रस्ताव गरेपछि सुरक्षा समितिको टोलीले स्थलगत अनुगमनको प्रयास गरेपनि सडकमा जमेको हिउँका कारण बाटोबाटै फर्कनुपरेको थियो । 

जिल्लास्थित राजनीतिक दलले समेत मतदान केन्द्रलाई गाउँमै कायम गर्ने गरी सडक खुलाउन अनुरोध गरेको थियो ।समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको गाउँमा सदरमुकाम जोमसोमबाट करिब ४० किमि लाग्छ । गाउँबाट चिसो छल्न झरेकाहरूलाई जिल्ला निर्वाचन कार्यालयले छिमेकी फलेक धाकारजुङ, पाक्लिङ गाउँमा रहेकालाई स्थानीय स्वयंमसेवकलले मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...