हुम्लाभर भर्ना अभियान सञ्चालन

Published on

काठमाडौं । हिमाली जिल्लाभरका विद्यालयहरूमा भर्ना अभियान सुरु भएको छ। विद्यालय परिवार र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन यो अभियान सञ्चालन गरिरहेको छ। जिल्ला शिक्षा समिति तथा जिल्ला समन्वय समितिका अध्यक्ष शिबराज शर्माले जानकारी दिनुभयो कि पुस १५ देखि फागुन २ सम्म हिउँदे बिदा सकिएपछि फागुन ३ गतेदेखि सबै तहका विद्यालय खुला भएका थिए। हाल, दुई हप्ते समयावधि राखेर विद्यालयहरूमा भर्ना, वडा, टोल र छिमेकमा ब्यानरसहित र्याली गरेर सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने प्रयास भइरहेको छ। नियमित विद्यार्थीका साथै विद्यालय बाहिर रहेका विद्यार्थी खोजी भर्ना गराउने काम पनि यस अभियानको मुख्य अंश हो। सिमकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार, गाउँपालिकाले विद्यालयसँगको समन्वयमा विद्यालय आफैंले पनि भर्ना अभियान सञ्चालन गरिरहेको छ। गत वर्ष गाउँपालिकाभर करिब पाँच सय विद्यार्थीहरू विभिन्न विद्यालयमा भर्ना भएका थिए। यस अभियानले विद्यालय बाहिर रहेका विद्यार्थीको संख्या घटाउन महत्वपूर्ण योगदान पुर्याएको बुझाइ उहाँको छ।

बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयले आफ्नै पहलमा भर्ना अभियान जारी राखेको र यसले अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि आकर्षित गरेको बताए। यसै कारण बालमन्दिर माविमा जिल्लाभर सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने क्रम बढेको छ। यो भर्ना अभियान केवल बालमन्दिरमात्र नभएर सिमकोट गाउँपालिकाका सबै सामुदायिक विद्यालय र जिल्लाका अन्य छ वटा-नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयहरूमा समेत सुरु गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...