सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Published on

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ । कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् । बैंकिङ समूह शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ४७, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव ३०, जीवन बिमा एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ३५ अङ्कले बढेको छ ।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...