पारिवारिक वातावरणमा होली मनाउन आग्रह

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु पूर्णिमा अर्थात होलीलाई पारिवारीक रूपमा मनाउन आग्रह गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तिम अवस्थामा पुगेको बेला मनाइने होली पर्वलाई स्वस्थ र सभ्य बनाउन प्रकाशनले आग्रह गरेको हो । निर्वाचनकै सङ्घारमा रङ्गहरूको पर्व फागु पूर्णिमा (होली पर्व) परेकाले सांस्कृतिक मूल्यको संरक्षण हुनेगरी सानो समूहमा पारिवारिक वातावरणमा मनाउन, ठुला जमघटको कार्यक्रम नगर्न, जबरजस्ती रङ दल्ने, लोला हान्ने, दुषित पानी एवं अन्य निषेधित र हानिकारक वस्तुको प्रयोग गर्नेजस्ता गतिविधि नगर्न प्रशासनले  अपिल गरेको छ । 

सामाजिक, धार्मिक एवं राजनीतिक सद्भाव तथा निर्वाचनको वातावरणमा खलल नपुऱ्याउन र होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । निर्वाचन सुरक्षालाई मध्यनजर गरी सर्वदलीय बैठकको सहमतीका आधारमा जिल्ला सुरक्षा समितिबाट फागुन १६ गतेदेखि २१ गतेसम्म गुल्मी जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण एवं सेवनमा रोक लगाइएको हुँदा सोको पूर्णरूपमा पालना गर्न गराउन समेत सम्बन्धित सबैमा प्रशासनले अनुरोध गरेको छ । 

निर्वाचनको समयमा जिल्लामा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, अस्वभाविक मूल्य वृद्धि, कालोबजारी लगायतको कार्य हुन नदिन, जिल्ला भित्रका सडक सञ्जालहरूलाई चालु अवस्थामा राख्न, दमकल, एम्बुलेन्स, विद्युत् खानेपानी, दुरसञ्चार, स्वास्थ्य उपचार लगायतको अत्यावश्यक सेवालाई चालु अवस्थामा राख्न सरोकारवालाबिच छलफल भएको गैह्रेले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ...

रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन...

सुशासन र कृषि क्रान्तिको योजनासहित स्याङ्जा-२ मा रास्वपाका डुम्रेको चुनावी वाचापत्र

काठमाडौं । स्याङ्जा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रेले...