अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुङ्गा आक्रमणमा तीन जनाको मृत्यु

Published on

काठमाडौं । अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागु-औषध तस्करी गर्ने डुङ्गालाई लक्षित गरी गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको घोषणा गरेको छ । युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा आतङ्कवादी सङ्गठनसँग सम्बन्धित जहाजमा आक्रमण गरिएको उल्लेख गरिएको छ । जहाज क्यारिबियन क्षेत्रका नार्को-तस्करी मार्गमा ओसार-पसार गरिरहेको उल्लेख गर्दै नार्को-तस्करी अपरेसनमा संलग्न रहेको विज्ञप्तिमा भनिएको छ । सन् २०१५ सेप्टेम्बर को सुरुदेखि संयुक्त राज्य अमेरिकाले तस्करी गतिविधिमा संलग्न रहेको शशङ्कित पानी-जहाज तथा डुङ्गालाई लक्षित गर्दै आएको छ, जसको परिणाम स्वरूप अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै जारी गरेको राष्ट्रिय रक्षा रणनीतिमा सन्दिग्ध लागु-औषध तस्कर विरुद्धको सैन्य कारबाही समावेश गरिएको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...