मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

Published on

काठमाडौं । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार तामाङलाई मंगलबार राति करिब १० बजे अचानक श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार राति पौने ११ बजे तामाङको मृत्यु भएको हो ।

प्रशासक ढुङ्गेलका अनुसार तामाङलाई स्वास्थ्यसम्बन्धी पुरानै समस्या थियो र उनले नियमित औषधि सेवन गर्दै आएका थिए । पछिल्लो पटक स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारीसमेत गरिएको थियो । बिहीबार बिहान काठमाडौँ लैजाने योजना बनाइए पनि त्यसअघि नै उनको मृत्यु भएको प्रशासनले जनाएको छ । तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले उनलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार चलान गरिएका उनी २०८३ माघ २७ गते रिहा हुने क्रममा थिए ।जिल्ला कारागार मोरङमा हाल १ हजार १७५ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १०२ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...