ट्रक र बस ठोक्किँदा १४ जना घाइते

Published on

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना मध्यम र १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख. ०४१५ नम्बरको चामल लोड गरिएको ट्रक र काठमाडौँबाट झापा आउँदै गरेको प्र.१–०१–००१ ख. ४७६८ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा बस चालक झापा शिवसतासी नगरपालिका–११, नहरचोक बस्ने ३५ वर्षीय खगेन्द्र काफ्ले, बसका सह चालक मोरङ हरिचामर नगरपालिका–४, सङ्गमचोक बस्ने ४५ वर्षीय धर्के धिमाल, काभ्रे चौरीदेउराली गाउँपालिका–२, मगरटोल बस्ने ७९ वर्षीय फौदाबहादुर मगर, तेह्रथुम आठराई नगरपालिका–४ बस्ने २१ वर्षीय किउमा विष्ट, मोरङ कानेपोखरी गाउँपालिका–१, भण्डारी टोल बस्ने ४२ वर्षीय निलम खड्का घाइते हुनुभएको छ ।

त्यस्तै, दुर्घटनामा बसमा सवार झापा मेचीनगर नगरपालिका–१२, पाथीभरा चोक बस्ने ६० वर्षीय नीतिरमन गौतम, सुनसरी दुहबी नगरपालिका–३, माझीटोल बस्ने २३ वर्षीय शालिकराम खड्का, रौतहट भरतवाह नगरपालिका–६, वसन्तपट्टि बस्ने ५० वर्षीय राजपुकार शाह, सोही स्थानका ६१ वर्षीय देवी विष्ट, झापा बिर्तामोड नगरपालिका–५, देवीबस्ती बस्ने ६६ वर्षीय टुकसान सुब्बा, सोही स्थान बस्ने ६३ वर्षीय रमा थापा, झापा बुद्धशान्ति नगरपालिका–३, डाँडागाउँ बस्ने १७ वर्षीय मेजिक योङहाङ, सोही स्थान बुद्धशान्ति नगरपालिका–४, नयाँबस्ती बस्ने ४८ वर्षीय बिन्दु गौतम र देश भारत सिक्किम बस्ने वर्ष ४२ वर्षीय मम्म क्षेत्री घाइते हुनुभएको हो ।

घाइतेहरूको खुट्टा, नाक, कान, घाँटी, आँखा, टाउको, निधारसहित शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । घाइतेहरूको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट सडक छेउमा सारिएको प्रहरीले जनाएको छ । ट्रक चालक हेटौँडा उपमहानगरपालिका–२, वनस्खण्डी बस्ने २३ वर्षीय समुद्रप्रसाद पौडेल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...