प्रकाश ज्योतिमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

Published on

काठमाडौं । मनाङको नासोँ गाउँपालिका–५, थोँचेमा रहेको प्रकाशज्योति उमाविमा वातावरणीय अध्ययन तथा वैज्ञानिक अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँ र लौजान विश्वविद्यालय स्विजरल्यान्डको संयुक्त सहकार्यमा चार लाख रुपियाँ लागतमा आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको हो । केन्द्रले वायुको तापक्रम तथा सापेक्षिक आद्रता र वर्षामापक यन्त्र जडान गर्ने कार्य सम्पन्न भएको जनाएको छ । त्रिवि मानवशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा. नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभाग कीर्तिपुरका सहप्राध्यापक डा. विनोद दवाडीको विशेष पहलमा जलवायु मापन केन्द्र स्थापना गरिएको प्रकाश ज्योति उमाविका प्रधानाध्यापक पदमराज पन्थीले बताउनुभयो ।

स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायहरूको सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रमार्फत अब क्षेत्रीय स्तरमै मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरिने र शिक्षण सिकाइमा यसले सहजता ल्याउने अपेक्षा गरिएको प्रधानाध्यापक पन्थीले बताउनुभयो । नवनिर्मित केन्द्रमा तापक्रम, वर्षा, हावाको गति तथा दिशा, आद्रतालगायत विभिन्न मौसमीय सूचकहरू मापन गर्ने उपकरण जडान गरिएको छ । यहाँबाट सङ्कलित तथ्याङ्कले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण तथा जलवायु परिवर्तनको प्रभाव विश्लेषणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । केन्द्रको स्थापनापछि प्राकृतिक विपद् जस्तै बाढी, पहिरो तथा खडेरीको जोखिम मूल्याङ्कनमा सहजता आउने छ । समयमै उपलब्ध हुने वैज्ञानिक तथ्याङ्कले विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यसैगरी, स्थानीय विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले पनि केन्द्र उपयोगी हुने जनाइएको छ । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा मौसम मापन प्रक्रिया, तथ्याङ्क अभिलेखीकरण तथा विश्लेषण विधिबारे अध्ययन गर्न सक्ने छन्, जसले वैज्ञानिक अनुसन्धानतर्फ अभिरुचि वृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीयले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार तथा दिगो विकासका लागि आवश्यक नीति निर्माणमा यस केन्द्रबाट प्राप्त तथ्याङ्क प्रभावकारी आधार बन्ने विश्वास गरिएको नासोँ–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...