निर्वाचनका लागि कालीकोटमा सात सय ६० कर्मचारी खटिए

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक सय २७ मतदान केन्द्रका लागि निर्वाचन अधिकृत साहयक निर्वाचन अधिकृत, साहयक कर्मचारी र कार्यलय सहयोगी गरी ७६० जना कर्मचारी निर्वाचन सम्पन्न गर्न खटिने भएका हुन् । निर्वाचनमा खटिने कर्मचारीलाई अभिमुखिकरण र नियुक्ती पत्र वितरण बुधवार बिहवार गरि दुई दिन सम्म सञ्चालन भएको छ । नौ वटा स्थानीय तहका ८२ वटा वडामा रहेका १०३ मतदान स्थलका १२७ मतदान केन्द्रका लागि कर्मचारीलाई आबस्यक अभिमुखिकरण सहित परिचालन गरिएको मुख्यनिर्वाचन अधिकृत माननिय जिल्ला न्यायाधिश कुलप्रसाद दाहालले जानकारी दिनुभयो । 

निर्वाचनमा दुई हजार वढी सुरक्षाक्रर्मी पनि परिचालन भएका छन् । निर्वाचन सम्पन्न गर्न सुरक्षाका लागि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका हुन् । पाँच सय ९ जना नेपाल प्रहरी, चार सय जना नेपाली सेना, २८५ सशस्त्र प्रहरी र एक हजार १०२ जना निर्वाचन प्रहरी (म्यादी) गरि दुई हजार १९६ जना सुरक्षाक्रर्मी परिचालित भएका छन् । जिल्लाका ७४ मतदान स्थल अति संवेदनशील रहेका छन । २९ वटा मतदान स्थललाई संवेदनशीलको सुचिमा राखिएको छ । कुनै भौगोलिक रुपमा त कुनै उम्मेदवारका आफ्नै मतदान स्थल भएकाले जिल्ला सुरक्षा समितिले संवेनशील स्थलका रुपमा राखेको छ । सशस्त्र द्धन्द्धको समयमा निकै प्रभाबित जिल्ला कालीकोट भएको र युद्धका सहयात्री चुनावी मैदानमा भएकाले कालीकोट जिल्लाका प्राय मतदान स्थल संवेदनशील सुचीमा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...