मुस्ताङको साङ्ता गाउँ जाने सडकमा चट्टान बनेको हिउँ फोड्ने प्रयास जारी

Published on

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ जोड्ने सडकमै चिसोले करिब १२ फिट अग्लो चट्टान बनेको हिउँ पन्छाउन हम्मेहम्मे परेको छ । जोमसोम–डोल्पा जोड्ने सडकखण्ड अन्तर्गत झेकिलाडाँडा, बताँते हुँदै साङ्ता गाउँ जोड्ने सडकमा बाख्लो हिउँको चट्टान विगत तीन दिनदेखि डोजरको सहायतामा फोड्ने प्रयास भइरहेको छ । सडकखण्डमा हिउँ ढुङ्गाजस्तै जमेको अवस्थामा पैदलसमेत हिँड्नै नमिल्ने अवस्थामा सडक नियमित सञ्चालन गर्न वडाध्यक्ष सुरेन्द्र गुरूङले बताउनुभयो । वडाध्यक्ष गुरूङले भन्नुभयो, ‘‘सडकमा जमेको बरफ फुटाउने अझै दुई दिन लाग्छ,हिउँ सतहदेखि पहाडसम्म टाँसिएर बाक्लो तह बनेको छ ।’’

वडाध्यक्ष गुरूङका अनुसार हिउँ पन्छाउने काम सुरू भएपछि आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ जाने स्थानीय सम्पर्कमा आउन थालेका छन् । सडकमा जमेको हिउँ पन्छाउन राष्ट्रिय अनुसन्धान अधिकृत विष्णु पण्डितको संयोजकत्वमा सहायक प्रजिअ एकराज भण्डारी सहित सुरक्षा निकायको टोलीले सडक सञ्जालमा जमेको यातायातका साधान सहजै जान सक्ने जनाएको छ । समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको गाउँमा सदरमुकाम जोमसोमबाट करिब ४० किमी लाग्छ । गाउँबाट चिसो छल्न झरेकाहरूलाई जिल्ला निर्वाचन कार्यालयले छिमेकी फलेक धाकारजुङ, पाक्लिङ गाउँमा बसेका छन् भने पोखरा, काठमाडाैँ गएकाहरू फर्किने चरणमा छन् । 

१३ घरधुरी रहेको साङ्ता गाउँको हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता छन् । जिल्ला सुरक्षा समितिले साङ्ता गाउँसहित  उपल्लो मुस्ताङको दुई गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकाेप्टरको प्रयोग गर्नुपर्ने जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...