स्याङ्जामा ३८ महिला मतदान अधिकृत

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ३८ जना महिलाले मतदान अधिकृतको कमाण्ड समाल्ने भएका छन् । दुई निर्वाचन क्षेत्रमा १९९ मतदान स्थल र ३२२ मतदान केन्द्र तथा  एक अस्थायी मतदान केन्द्र रहेको यहाँ क्षेत्र नं १ मा २३ र क्षेत्र नं २ मा १५ जना महिलाले मतदान अधिकृतको कमाण्ड समाल्ने पक्का भएको हो । महिला मतदान अधिकृतमा आँधीखोला १ जनहित माविमा सम्झना अधिकारी, वडा नं ४ श्रवण माविमा पुष्पा कार्की पौडेल, वडा नं ५ सरस्वती आधारभुत विद्यालयमा राजवती नेपाली, प्रद्युम्न पनेरुमा इन्द्रा कुमारी पौडेल, वडा नं ६ लक्ष्मी आविमा श्री देवी खड्का रहनु भएको छ । यस्तै, पुतलीबजार–२ को थुम्कीडाँडा माविमा निकीता पौडेल, वडा नं ३ सरस्वती मावि कमा अंशु ढकाल, खमा खगिसरा गैरे, वडा नं ५ शितला माविमा ज्योति कुमारी रसाइली, वडा नं ६ हिमालय माविमा इन्दिरा पाठक, वडा नं ७ जनता माविमा कल्पना ढुङ्गाना, वडा नं ८ नुबहाकोट मावि कमा आन्सिका गुरुङ, खमा निर्मला गैरे, वडा नं १० चक्रकमला आविमा राधिका पौडेल, वडा नं ११ नवज्याती सामुदायिक आविमा सुनुमायाँ गुरुङ, वडा नं १४ श्रवण मावि कमा शरीता अर्याल, खमा सरीता लम्साल रहनु भएको छ । 

यस्तै, फेदिखोला-१ दामगाडे माविमा सविता अधिकारी, सिदार्थ माविमा तिला कुमारी रोका, वडा नं ३ जनप्रिय माविमा प्रतिभा भुजेल, भीरकोट-१ रानिरह आविमा भोज कुमारी पाण्डे, वडा नं १ वडा कार्यालमा गीता पाठक, वडा नं २ कृषि सेवा केन्द्रमा शान्ता पाण्डे डुम्रेले मतदान अधिकृतको कमाण्ड सम्हाल्नु हुनेछ । यस्तै, क्षेत्र नं २ मा कालीगण्डकी-४ जनता माविमा तुलसा पाठक, भीरकोट-५ तिलाहार नेटा आवि मा दुर्गा कुमारी न्यौपाने, गल्याङ नगरपालिका-३ भानुभक्त मावि शान्ता ज्ञवाली, वडा नं ४ चन्द्र ज्याती आविमा इन्दु भेट्ल महिला मतदान अधिकृत रहनु भएको हो । यस्तै, वालिङ-१ रणविर जनहित मावि खमा अनिता चलाउने, वडा नं २ बासपानी आविमा रमिता कुमारी बिष्ट, वडा नं ५ सरस्वती आवि रुपा चिदी, वडा नं ७ बालसिद्ध मावि कोपिला केसी रोका, वडा नं ८ केदारनाथ मन्दिर गमा टिका कुमारी क्षेत्री, तेज प्रगती आवि विनम्रता न्यौपाने, वडा नं ९ वालिङ बहुमूखी क्याम्पस कमा लिला गुरुङ, खमा बुद्धिमायाँ पौडेल, वडा नं १० पुर्णमृत भवानी मावि मञ्जु रेग्मी, वडा नं ११ राष्ट्रिय मावि खमा अम्विका पाण्डे, वडा नं १४ वडा कार्यालयमा रेनुका खनालले मतदान अधिकृतको कमाण्ड सम्हाल्नु भएको हो। यहाँ क्षेत्र नं १ मा १७२ जना मतदान अधिकृत सहित एक हजार २९ कर्मचारी निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले बताउनुभयो । यस्तै क्षेत्र नं २ मा १५१ जना मतदान अधिकृत सहित ९०६ जना कर्मचारी निर्वाचनमा खटिने छन् । यस पटक स्याङ्जा क्षेत्र नम्बर १ मा एक लाख ३० हजार ८८६ जना र क्षेत्र नम्बर २ मा एक लाख १७ हजार ९३० जना गरी दुई लाख ४८ हजार ८१६ मतदाता कायम भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ढुक्क भएर मतदान गर्नुस् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभएको...

कास्कीमा निर्वाचन आचारसंहिताको पालना प्रभावकारी

काठमाडौं । कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै उल्लङ्घनसम्बन्धी लिखित उजुरी शून्य रहेको पाइएको...

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ,...

शुक्रबार रातिबाट मदिरा निषेध

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म...