नयाँघर पाएका बाढीपीडितले सम्झदै भगवती

Published on

काठमाडौं । असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढीखोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी –१ परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सक्नु भएन । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्रास बुढाबुढीदेखि साना बालकसम्ममा थियो । त्यही बस्तीमा बस्दैआउनुभएको थियो, ५० वर्षीय लक्ष्मण सदा । त्यो रात ठुलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आएको थियो । गाउँभरि होहल्ला मच्चिएको थियो । धेरैले आफ्नोे घरबाट सकेजति सामान निकाल्नुभयो । न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दैआउनुभएको थियो ६० वर्षीया लीला ऋषिदेव । उहाँ पनि जसोतसो ज्यान बचाउनुभयो।

त्यो रात लक्ष्मण र लीलाको घर त रहेन, सँगै १० परिवारको घर पनि बुढीखोलाको बाढीले बगायो । बल्लतल्ल आश्रय लिन बनाइएको साना झुपडी पनि बाढीले बगाएपछि सबैको आँखामा एकै प्रश्न थियो—अब कहाँ बस्ने ? कहाँ जाने आश्रय लिन ? त्यो समस्या समाधानका लागि जनप्रतिनिधि भगवती चौधरीलाई आग्रह भएपछि उहाँ बाढीपीडितको सहारा बनेर आउनुभयो । नजिकैको सुरक्षित नयाँ बस्तीमा भगबती चौधरीको पहलमा १४ वटा नयाँ घर तयार भयो । एक कार्यक्रमबिच बाढीपीडितलाई सो घर हस्तान्तरण भयो । त्यो कहालिलाग्दो बिपदका बेला नयाँ घर पाउँदा उहाँहरुको जीवनमा सुरक्षा र आशा दुबै पलाएको पीडितको भनाइ छ । 

लक्ष्मण सदा र उहाँका छिमेकीहरूले नयाँघर पाउनुभयो । नयाँ घरले केवल चार भित्ता र छानो मात्र दिएन, उहाँहरुको डर, असुरक्षा र पीडालाई थाम्ने श्रय बन्यो । घर सरेपछि ओढ्ने–ओछ्याउने, चामल–दाल सबै भगवती चौधरीको अग्रसरतामा फरवार्ड संस्थाले उपलब्ध गरायो। त्यहाँका बासिन्दा भन्छन्, ‘नयाँ घर भगबती चौधरीले उपलब्ध नगराउनुभएको भए हाम्रो बिचल्ली हुने थियो। धन्न उहाँको दर्बिलो साथ पायौँ । भगबती नै हाम्रो भगवान बनेर आउनुभयो ।’ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...