सिन्धुलीमा निर्वाचन सामग्री बुझाउन सुरु

Published on

काठमाडौं । सिन्धुली जिल्लामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहयाक मतदान अधिकृतहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी नियुक्ति पत्र दिएसँगै निर्वाचन सामग्रीहरु बुझाउन थालिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख ईश्वरनाथ मिश्रले आइतबारदेखि ५० प्रकारका निर्वाचन सामग्रीहरु मतदान अधिकृतलाई बुझाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला निर्वाचन कार्यालयबाट ४९ प्रकारको निर्बाचन सामग्री बुझाइएको छ । मतपत्र भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझाउने छ ।’ निर्वाचनमा खटिएका कर्मचारीलाई ५२ प्रकारको निर्वाचन सामग्री बुझाउनु पर्नेमा यो पटक झोला र रबरम्याट नआएको उहाँले सुनाउनुभयो ।

कार्यालयका अनुसार कर्मचारीले मतदाता नामवली, स्वस्तिक छाप, लाहा, मतपेटीका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटीका, मतपत्र, रबर म्याट, कपडा, कैची, मतदान निर्देशिका, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका निर्वाचन सामग्री बुझेका हुन् । उक्त सामग्री निर्वाचनमा खटिएका कर्मचारीहरुलाई सोमबारसम्म बुझाउने कार्यक्रम रहेको छ । जिल्ला सदरमुकामबाट मतदानस्थल टाढा रहेका पालिकाहरु फिक्कल, गोलन्जोर, सुनकोसी, हरिहरपुरगढी, दुधौली लगायतका स्थानमा खटिएका कर्मचारीलाई आईतबार र नजिककालाई सोमबार निर्वाचन सामग्री बुझाउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । जिल्लामा उक्त निर्बाचन सम्पन्न गर्न कुल २७२ मतदान केन्द्रमा गरी एक हजार ६३२ कर्मचारी खटाईएको छ । निर्बाचनमा खटाईएका कर्मचारीले मतपेटिका, मतपत्र र निर्बाचन सामग्री सहित फागुन १८ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगि सक्नु पर्ने मुख्य निर्वाचन अधिकृत कमलराज बिष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन खटिएका कर्मचारीहरु निर्बाचन सामग्री बुझेर फागुन १८ गते बेलुकासम्म तोकिएको मतदान केन्द्रमा पुग्नु पर्ने हुन्छ ।’ सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको छ । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल १५१ मतदानस्थल र २७२ वटा मतदान केन्द्र रहेको छ । निर्वाचन क्षेत्र नं. १ मा ७७ वटा मतदानस्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने ७४ वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेको छ । यो बाहेक जिल्ला सदरमुकाममा अस्थायी दुई वटा मतदान केन्द्र रहेको छ । कारागार कार्यालयमा एक र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि जिल्ला हुलाक कार्यालयमा अर्को अस्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा उक्त प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ जना रहेका छन् । दुई वटै निर्बाचन क्षेत्रमा गरी छ स्वतन्त्र सहित कुल २८ जना उमेद्वार चुनाबी प्रतिस्पर्धाका लागि मैदानमा रहेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

काठमाडौं । इलाम अस्पतालको आकस्मिक कक्ष (इमजेन्सी) सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको...

टी–२० विश्वकप : श्रीलङ्कालाई हराएको पाकिस्तान बाहिरियो

काठमाडौं । पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति...

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना...

निर्वाचनलाई भयरहित बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष...