निर्वाचनका लागि खटिए कर्मचारी

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी जान थालेका छन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू मतदान केन्द्र जान थालेका छन् । निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने मतपत्र, मतपेटिकालगायतका आवश्यक सामग्री निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट बुझेर कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रमा जान सुरु गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी जानकारी दिनुभएको छ । मुख्य निर्वाचन अधिकृत पण्डितका अनुसार निर्वाचनमा खटिने कर्मचारीलाई बिहान १० बजेदेखि मतपत्र, मतपेटिकालगायतका निर्वाचनका लागि आवश्यक सामग्री वितरण गर्ने काम भइरहेको छ । मतपत्रलगायतका निर्वाचन सामग्रीको सुरक्षाका लागि जिल्लामा सुरक्षाकर्मी र कर्मचारीलाई सँगसँगै मतदान केन्द्रमा पुग्ने व्यवस्था गरिएको बताउनुभयो । मतदान केन्द्रमा पुगेर कर्मचारीले मतदान स्थल सरसफाइसँगै राजनीतिक दलसँग समन्वय बैठक गरेर मतदान केन्द्र निर्माणलगायतका काम गर्ने बताउनुभयो ।  त्यसैगरी मतदान स्थललाई शील गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र घोषणा गर्ने लगायतका काम गर्ने छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका चार सय ८२ वटा मतदान केन्द्रमा दुई हजार आठ सय ९२ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा छ जना गरेर दुई हजार आठ सय ९८ जना कर्मचारी खट्दैछन् । त्यसैगरी निर्वाचन सुरक्षाका लागि जिल्लामा पाँच हजार ५ सय ११ जना सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना रहेका छन् ।  दाङमा एक सय ५९ मतदान स्थलअन्तर्गत चार सय ८२ वटा मतदान केन्द्र रहेका छन् । जसमा १६ वटा अतिसंवेदनशील, १३४ वटा संवेदनशील र नौ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...