निर्वाचन र सार्वजनिक बिदामा तनहुँ जिल्ला अदालत खुला रहने

Published on

काठमाडौं । निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिएको तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेकाले सो अवधिमा पनि अत्यावश्यक न्यायिक सेवालाई निरन्तरता दिन तनहुँ जिल्ला अदालत खुल्ने भएको हो ।

बन्दीप्रत्यक्षीकरणको रिट दर्ता तथा पक्राउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने जस्ता कार्यहरू प्रभावित नहोस् भन्ने उद्देश्यले अदालतले यो विशेष व्यवस्था गरेको हो । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरी सुनुवाइ गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ अनुसार पक्राउ पूर्जी जारी गर्न अनुमति दिने कार्यका लागि अदालत खुला रहने व्यवस्था गरिएको श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको दिन फागुन २१ गते र शनिबार परेकाले २३ गते भने अदालत पूर्ण रूपमा बन्द रहनेछ । तर फागुन २०, २२ र २४ गते बिहान ११ देखि अपराह्न ३ बजेसम्म विशेष कामका लागि अदालत खुला रहनेछ । निर्वाचन तथा सार्वजनिक बिदाका कारण नागरिकको मौलिक अधिकारसँग सम्बन्धित कानुनी विषयहरू प्रभावित नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको अदालत प्रशासनले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...