पर्सा–२ का नेकपा उम्मेदवार चौधरीसहित चार जना पक्राउ

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मङ्गलबार राति पर्सागढी गाउँपालिका–३, बढनियारबाट पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरीसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार संयुक्त गस्तीका क्रममा उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको कारको डिक्कीमा शङ्कास्पद वस्तु फेला परेपछि चौधरीसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा बारा जिल्ला प्रसौनी गाउँपालिका–४ का साहब आलम अन्सारी, धनुषाधाम नगरपालिका–९ का सुरज कार्की र पर्सागढी गाउँपालिका–३ का सत्यनारायण थारू रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी, संयुक्त सुरक्षा टोलीले मंगलबार राति वीरगञ्ज महानगरपालिका–१६, इनर्वाबाट नौ थान सुतली बम र सुँगुरको एउटा टाउकोसहित तीन जनालाई पक्राउ गरेको छ। सुरक्षाका कारण उनीहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। वीरगञ्जस्थित श्रीजंग नेपाली सेनाको टोलीले बरामद सुतली बम डिस्पोज गरेको जानकारी दिइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा...

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

काठमाडौं । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन...