बाँकेमा सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न प्रशासनको आह्वान

Published on

काठमाडौं । बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्ला अहिले ‘अल सेट टु गो’ अर्थात् पूर्ण तयारीको अवस्थामा रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाका सबै एक सय ३९ मतदान स्थल र चार सय वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित आफ्नो कार्यक्षेत्रमा तैनाथ भइसकेका छन्। 

मतदान स्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आवश्यक सबै समन्वय बैठकहरू सफलतापूर्वक सकिएको उहाँले बताउनुभयो। सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रजिअ तामाङले जिल्लाका सम्भावित चुनौतीको मिहिन ढङ्गले विश्लेषण गरी विशेष सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिनुभएको छ। सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको भएपनि सबै ठाउँमा सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन विशेष सुरक्षाकर्मी गरी कुल आठ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । 

सीमावर्ती जिल्ला भएकाले सीमा नाकामा कडा निगरानी बढाइनुका साथै निर्वाचन विरोधी कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा अवस्था पूर्ण रूपमा प्रशासनको काबूमा रहेको उहाँले जानकारी दिनुभयो । राजनीतिक दल तथा उम्मेदवारहरूको भूमिकाका बारेमा बोल्दै प्रजिअ तामाङले मौन अवधिको आचारसंहिता पालनामा सबै पक्षले जिम्मेवारीपूर्ण र सहयोगी भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो।  जिल्लामा दलबीच कुनै पनि किसिमको विद्वेषपूर्ण अवस्था नरहेको र कहीँकतै देखिएका सानातिना असमझदारीलाई संवादका माध्यमबाट तत्कालै समाधान गरिएको उहाँको भनाइ छ। गोरखापत्र

spot_img

ताजा समाचार

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा...

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा...

दाङका मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

काठमाडौं । दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन...