मतदान केन्द्रमा मोबाइल, क्यामेरा नलग्न कञ्चनपुर प्रशासनको आग्रह

Published on

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । मतदानका लागि मतदान केन्द्रमा जाने मतदाताले निषेधित सामग्री नलग्न प्रशासनले आग्रह गरेको हो ।

बुधबार सूचना गर्दे जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिहरूले सलाई, लाइटर, प्रज्वलनशील ठोस वा तरल पदार्थ , फोटो खिच्ने क्यामेरा, मोबाइल वा अन्य निषेधित वस्तुहरू नलिई प्रवेश गर्न आग्रह गर्नुभयो ।

साथै, सूचना विपरीत कसैले मोबाइल फोन लगायतका निषेधित वस्तुहरू आफ्नो साथमा लिई मतदान केन्द्र मतदान कक्षमा प्रवेश गरेमा तत्काल जफत गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...