जिल्ला सुरक्षा समितिद्धारा मतदानस्थलको अनुगमन, सुरक्षा व्यवस्था कडा

Published on

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन बाँके जिल्लामा सुरक्षा व्यवस्था कडा र प्रभावकारी बनाइएको छ ।  निर्वाचनको मौन अवधि शुरु भएसँगै जिल्ला सुरक्षा समितिले जिल्लाको समग्र सुरक्षा व्यवस्थाको समीक्षा गर्नुका साथै मतदानस्थलको स्थलगत निरीक्षण गरेर सुरक्षा अवस्थाको अनुगमन गरिरहेको छ । जिल्ला सुरक्षा समिति बाँकेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन गर्दै सुरक्षाको अनुगमन गरेर देखिएका कमीकमजोरीमा सुधार ल्याउने कार्य गरिरहेको बताउनुभयो । उहाँले अति संवेदनशिल मानिएका ६१ वटा मतदानस्थललाई प्रमुख प्राथमिकतामा राखेर अन्तिम अनुगमन निरीक्षण गर्ने कार्य गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द, नेपाली सेनाका बज्र दल गणका प्रमुख सेनानी राम चन्द्र श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख हरिष बहादुर विष्ट लगायत सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनुहुन्छ ।

सो टोलीले सीमा क्षेत्र तथा संवेदनशील मतदानस्थलको सुरक्षा अवस्था, कर्मचारी परिचालन र आवश्यक समन्वय तथा मतदान केन्द्र निर्माणको अवस्था बारे स्थलगत जानकारी लिएको टोलीमा रहनुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । उहाँले अनुगमन गर्दा सुरक्षा अवस्था र मतदानस्थल निर्माणको काम सन्तोषजनक रहेको पाइएको बताउनुभयो । निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि नै नेपाल भारत सीमा नाका सिल गरिएको छ । जिल्लाका सबै मतदान केन्द्र मा कर्मचारी तथा सुरक्षा निकायले पुगेर अन्य आवश्यक प्रक्रिया पुरा गरि धमाधम मतदान केन्द्र निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनकालागि सबैले सहयोग र सहकार्य गर्न आह्वान गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

काठमाडौं । उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा...

अष्ट्रेलियामा कँडेल कपको तयारी

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको...

बाजुरामा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । बाजुरामा फागुन २० गते राती १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक...

अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने...