अमेरिकाद्वारा पाकिस्तानी दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

Published on

काठमाडौं । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसन छोड्न अनुमति दिएको छ । अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिदै विज्ञप्ति जारी गरेको जनाइएको छ । यद्देपी राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको बताएको छ । यस अघिनै विभागले अमेरिकी सरकारी कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण  साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो । यसैबिच विभागले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकलाई आवाश्यक सहयोग गर्न कदम चालेको समेत जानकारी दिएको छ ।

पछिल्लो केही दिनमा नौ हजार भन्दा बढी अमेरिकी नागरिक मध्य पूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किने मात्र ३०० भन्दा बढी छन् । जेनेभामा अमेरिकी दूतले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिन पछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ । त्यस लगतै इरानले मध्यपूर्वमा जवाबी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइट ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...