रौतहट–१ मा रास्वपाका राजेशको सुरुवाती अग्रता

Published on

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट  क्षेत्र नं. १  मा रास्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशकुमार चौधरीले सुरुवाती अग्रता लिनुभएको छ । दुई हजार ३०५ मतको गणना गर्दा चौधरीले ७०६ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादवले ५६७ मत, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ३१२ मत, नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले २८८ मत पाउनु भएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २२० मत पाउनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...