पाँचथरमा मतगणना सुरु

Published on

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १, खाँद्रुङ मतदान केन्द्रका मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । यहाँ ९६७ मत खसेको बताइएको छ । बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका सङ्कलन गरी राति १२ बजेसम्म सुरक्षित रूपमा मतगणना केन्द्रमा ल्याइएको थियो । शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि दिउँसो १:३० बजेदेखि गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिनुभयो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृत मास्केले बताउनुभयो । पाँचथरमा १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । यहाँ रहेका १०२ मतदान स्थलका १६९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

जिल्लामा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेकामा ४९.६३ प्रतिशत मत खसेको छ । जसअनुसार ७१ हजार १७० मत खसेको तथ्याङ्क प्राप्त भएको छ । मतदान गर्नेमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढी देखिएको छ । यहाँ ३३ हजार ६१५ महिला र ३७ हजार ५५५ पुरुषले मतदान गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...