झापा–४ मा रास्वपाको अग्रता

Published on

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको छ । झापाका कुल २८ वडा मध्ये गौरीगञ्ज–१ को मतपरिणाम सार्वजनिक भएको छ । जसमा रास्वपाका सम्भुप्रसादले १७७५ मत प्राप्त गर्नुभयो । उहाँका निमत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँबाले ५७९ मत प्राप्त गर्नुभएको छ । ढकाल ११९६ मतले अग्रता बनाउनुभएको हो । 

यसैगरी झापा–४ मा नेपाली कांग्रेसका देउकुमार थेबेले ४५२ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका पुरुषोत्तम चुडाल राजुले ११८ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले ७९ मत प्राप्त गर्दा श्रम सस्कृति पार्टीकी अमृता राईले १९४ मत प्राप्त गर्नुभएको छ । यस वार्डमा जम्मा ३५३४ मत खसेकोमा २६८ मत बदर भएको झापा क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले बताउँनुभयो । 

यस क्षेत्रमा कुल एक लाख ३० हजार ७१२ मतदाता रहेकोमा ८३ हजार ४ सय ६६ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १६  निर्वाचनमा सहभागि रहनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...