सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी : सिके राउत तेस्रो

Published on

काठमाडौं । दोहोरिएर चुनाव नजित्ने इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ले यसपालिको प्रतिनिधिसभा निर्वाचनमा पनि विगतकै इतिहासलाई निरन्तरता पाएको छ। यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव विजयी हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतगणना परिणामअनुसार उहाँ २८ हजार ४०४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार उमेशकुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्नुभयो। निकटतम प्रतिद्वन्द्वी उमेशलाई रामजीले १४ हजार १४१ मतान्तरले पराजित गर्नुभएको हो। यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरी विजयी हुनुभएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नौ हजार ८८० मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभएको छ। २०५६ सालयता सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट कुनै पनि उम्मेदवार दोहोरिएर जित्न सकेका छैनन्। यो जितसँगै सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेको छ। क्षेत्र नम्बर १ मा पुष्पाकुमारी चौधरी, ३ मा अमरकान्त चौधरी र ४ मा सीताराम साह विजयी हुनुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...