धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

Published on

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो स्थानमा आएको छ। प्रत्यक्षतर्फ जित हासिल गरेको एमालेले समानुपातिक मतमा पनि अग्रता कायम गरेको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय का अनुसार एमालेले १६ हजार ५६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। प्रत्यक्षतर्फ पनि एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका थिए।

समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी १४ हजार ६७९ मतसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै श्रम संस्कृति पार्टी १३ हजार ९६० मतसहित तेस्रो र नेपाली कांग्रेस ८ हजार ६५१ मतसहित चौथो स्थानमा रहेको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी १ हजार ६३४ मतसहित पाँचौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार २०५ मतसहित छैटौँ तथा जनता समाजवादी पार्टी नेपाल १ हजार ३६ मतसहित सातौँ स्थानमा रहेको जानकारी मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इब्नाम ले दिएका छन्।

उनका अनुसार अन्य ११ राजनीतिक दलले सयभन्दा बढी तर हजारभन्दा कम मत प्राप्त गरेका छन् भने ३९ दलले सय मतसमेत कटाउन सकेनन्। सयभन्दा माथि मत ल्याउने दलमध्ये राष्ट्रिय परिवर्तन पार्टी ले ५२४, नेपाल संघीय समाजवादी पार्टी ले ४८७, राष्ट्रिय जनमुक्ति पार्टी ले २८३, राष्ट्रिय गौरव पार्टी ले २४४ र नागरिक उन्मुक्ति पार्टी नेपाल ले २०४ मत प्राप्त गरेका छन्।

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...

इलाम–१ मा मतगणना ढिलो : साँघुरो स्थल, सीमित जनशक्ति र विवादका कारण परिणाम आउन समय

काठमाडौं । इलाम–१ मा मतगणना सुरु भएको चौथो दिनसम्म पनि अन्तिम परिणाम सार्वजनिक हुन...