कास्की कारागारबाट फरार कैदी ६ महिनापछि पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोक घर भएका उनलाई सोमबार दिउँसो नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा पृथ्वीचोकमा पक्राउ गरेको हो ।डाँकाचोरी मुद्दामा कैद सजाय काटिरहेका बेला आन्दोलनको मौका छोपेर भागेका सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । डाँकाचोरी मुद्दामा अदालतले सजाय सुनाएपछि क्षेत्री कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्कीमा पठाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट...

सप्तरीमा आँपको उत्पादन ११ हजार मेट्रिकटनले वृद्धि हुने

काठमाडौं । आँपको राजधानी मानिने सप्तरीमा यसवर्ष आँपको उत्पादनमा वृद्धि हुने भएको छ ।...

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

काठमाडौं । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६...