घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

Published on

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन तथा ब्यवस्थापन केन्द्र बनाउने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा फोहोरबाट मोहोर कमाउन सदरमुकाम जोमसोममा आधुनिक उपकरणसहितको प्रशोधन केन्द्र र मार्फामा १ करोड २० लाख लागतमा संकलन केन्द्र बनाउने भएको हो । पर्यटकको आगमनसँगै फोहोर संकलन तथा ब्यवस्थापनमा चुनौती भएपछि सफा र सुन्दर घरपझोङ बनाउन गण्डकी प्रदेशबाट ८४ लाख रुपियाँ र गाउँपालिकाले ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचलले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, ‘‘फोहोर ब्यवस्थापनसँगै आम्दानीका लागि यो परियोजना सुरू गरिएको छ, घरबाटै वर्गीकरण गरी फोहोर ब्यवस्थापनका लागि सवारीसाधन खरिद गदैछौ ।’’ गाउँपालिका भित्रका पाँचवटै वडाबाट कुहिने र नकुहिने फोहोर संकलनका लागि उक्त आर्थिकबाट भ्यान समेत खरिद गरिने छ ।

गाउँकार्यपालिका सहित फोहोर ब्यवस्थापनमा सक्रिय स्थानीय समुदायको सहभागितामा गण्डकी प्रदेशमा प्रभावकारी फोहोर ब्यवस्थापन गरिरहेका स्थानीय तहको समेत अवलोकन भ्रमण गरिएको छ । फोहोर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गर्न डस्बिन र संकलनका लागि प्लाष्टिक समेत उपलब्ध गराउने अध्यक्ष लालचनको भनाइ छ । जिल्लाको सदरमुकाम रहेको पालिका हुदै मुक्तिनाथ मन्दिर, उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकलाई समेत आकर्षित गर्न विभिन्न सौन्दर्ययुक्त काम गरिरहेको गाउँपालिकाले सफा र स्वच्छ घरपझोङको बनाउन गाउँपालिकावासीलाई फोहोर मैला व्यवस्थापनसम्बन्धी तालिमलगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले बियरको बोतल प्रयोगमा कडाइ गरेको छ । कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउने र नकुहिनेलाई बिक्री गरी हुने आम्दानीबाट फोहोरमैला ब्यवस्थापनमा आवश्यक पर्ने सामग्री, उपकरण खरिदमा खर्च गरिने गाउँपालिकाले जनाएको छ । यसैबिच अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित नकुहिने प्लाष्टिकजन्य फोहोरमैला उठाएर पुनःप्रयोगका लागि पोखरास्थित ग्रीन वेस्ट मेनेजमेन्ट प्रालिसँग सम्झौता गरेको छ । नकुहिने फोहोर संकलन गरी ट्र«कबाट पोखरा ढुवानी गर्ने गरिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो । मुस्ताङका पाँचवटै स्थान्ीय तहमा फोहोर ब्यवस्थापनको समस्या रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३...