निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ

Published on

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटिएका निर्वाचन प्रहरीलाई बिदाइ तथा प्रशंसा पत्र वितरण गरिएको छ । स्याङ्जाका विभिन्न स्थानमा खटिएका निर्वाचन प्रहरीहरुलाई बिदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, ईलाका प्रहरी कार्यालय चापाकोट र ईलाका प्रहरी कार्यालाय चिसापानीमा छुट्टाछुट्टै कार्यक्रम गरेर बिदाइ गरिएको हो ।

निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई सम्मानस्वरूप बिदाइ तथा प्रशंसा पत्र वितरण गरिएको स्याङ्जाका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । अधिकांश निर्वाचन प्रहरीहरू पोशाकमै उपस्थित भएका थिए । निर्वाचनमा खटिदा आफूहरु निक्कै उत्साहित भएको निर्वाचन प्रहरीहरुको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि स्याङ्जा जिल्लामा जम्मा दुई हजार ११५ जना निर्वाचन प्रहरी खटिएका थिए । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अपुग रहेका निर्वाचन प्रहरी बाहिरी  जिल्लाबाट ल्याईएको थियो । स्याङ्जामा तनहुँबाट ६७, कास्कीबाट १३९ र नवलपरासीबाट २९० जना निर्वाचन प्रहरी ल्याईएको हो भने जिल्लामा एक हजार ६१९ जना छनोट भएका थिए ।

निर्वाचन अवधिभर उनीहरूले विभिन्न मतदान केन्द्र तथा संवेदनशील स्थानहरूमा खटिएर सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममार्फत निर्वाचन सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएका प्रहरीहरूलाई सम्मान गर्दै बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...