बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

Published on

काठमाडौं । बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्रकलाई प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरिएको हो ।

विराटनगर महानगरपालिका वडा नं.१८ स्थित आइसिपी सडक खण्डबाट ट्रक नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर्दा बिल विजकमा उल्लेख भएभन्दा बढी सामान भेटिएको थियो । उक्त ट्रकमा मोटर पार्टस र सोफा सेटहरू बिल विजकमा उल्लेख भएभन्दा बढी परिमाणमा रहेको र सामानको न्यून मूल्याङ्कन समेत गरी भन्सार छल्न खोजिएको पाइएको डिएसपी लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रक र लोड भएको सामान ४५ लाख ६३ हजार ६१८ रुपियाँ बराबरको रहेको जनाएको छ । रीतपूर्वक बरामद गरिएको उक्त सामानसहितको ट्रकलाई आवश्यक कानूनी कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरी पठाइएको मोरङ प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बर्दियामा शिक्षकमाथि बाल यौन दुराचारको आरोप

काठमाडौं । बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित...

खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २...

बागलुङमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने निर्णय

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

काठमाडौं । नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको...