मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

Published on

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिनुभएको छ । उहाँले बेलायती संसदलाई सम्बोधन गर्दै युक्रेनले ‘शहेद ड्रोन’को सामना गर्न सक्ने दक्ष जनशक्ति पठाएको बताउनुभयो । उहाँका अनुसार ती विशेषज्ञ टोलीहरू अहिले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया मा पुगिसकेका छन् भने कुवेत तर्फ जाने क्रममा छन् । साथै थप ३४ जना विशेषज्ञ पनि पठाउन तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले दैनिक करिब दुई हजार इन्टरसेप्टर ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको र त्यसको आधा हिस्सा सहयोगी देशहरूलाई उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले  समुद्रभित्र सञ्चालन गर्न सकिने ड्रोन तथा महासागरमा काम गर्ने प्रविधि पनि विकास भइरहेको जानकारी दिनुभयो । यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि ठुलो आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । इरानले प्रतिकार स्वरूप आक्रमण गरेपछि होर्मुज जलडमरु हुँदै हुने जहाज आवतजावत समेत प्रभावित भएको छ ।

इरानी सांसद इब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत युक्रेन अमेरिकी–इजरायली युद्धमा संलग्न भएकाले अब इरानको निशानामा परेको बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्र सङ्घको प्रावधान अनुसार युक्रेनलाई ‘वैध लक्ष्य’ बनाइएको दाबी गर्नुभयो । क्षेत्रीय द्वन्द्व थप चर्किने सङ्केत देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको...