धौलागिरि प्रादेशिक अस्पतालको सेवाप्रति नागरिकको चासो

Published on

काठमाडौं । भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको हुनुपर्ने बताएको छ । विभिन्न समयको अनुगमनबाट गुणस्तरीय औषधी नभएको, समयमा आवस्यक औषधी नपाएको गुनासो सेवाग्राहीबाट बढेकोले समयमा सेवा उपलब्ध गराउन संस्थाले आग्रह गरेको छ । 

संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले अस्पताललाई सम्बोधन गरी पत्र लेख्दै लाइनमा बसेका सेवाग्राहीलाई बेवास्ता गरिएको, चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समयमा नआएर हैरानी पारेको, अस्पतालमा आउने डाक्टर र स्वास्थ्यकर्मी कार्यालय पोशाकमा नआएको पाइएकोले उनीहरूले अस्पतालको कामभन्दा बाहिर गएर काम गरिरहेको भेटिएको जनाइएको छ । अस्पताललाई राम्रो बनाउन खोजे पनि गुणस्तरीय सेवा दिने सन्दर्भमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीले नै तदारुकता नदेखाएको पत्रमा उल्लेख छ । 

अस्पताल प्रशासनको सामग्री खरिदमा समेत अनियमितता भएको संस्थाले आशङ्का गरेको छ । ‘‘केही समय पहिले अस्पताल प्रशासन एवं समितिले गरेको फर्निचर खरिद कार्य भैतिक रूपमा नदेखिएको अवस्था छ’’ पत्रमा भनिएको छ, ‘‘यसबारे निवेदन पेश गरेपनि त्यसको सुनुवाई भएको छैन ।’’ कार्यालय समयमा कर्मचारी र स्वास्थ्यकर्मी नदेखिनु, खरिदका सामग्री पनि भौतिक रूपमा नदेखिनुले समस्याको पहिचान भएको उल्लेख छ । 

सञ्चार माध्यममा आएका कतिपय विषयलाई प्रशासन र व्यवस्थापन समितिले तत्काल सम्बोधन गर्ने वा प्रष्टीकरण दिने काम नगरेको भन्दै गुनासो कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ । उक्त पत्रलाई संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालय, जिल्ला प्रशासन र बागलुङ नगरपालिकामा वाेधार्थ पठाएको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जिप दुर्घटना हुँदा सात जना घाइते

काठमाडौं । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।...

प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका...

लुम्बिनी प्रदेश सरकारको ४० लाख बजेटमा गङ्गा माविको भवन निर्माण तीव्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

काठमाडौं । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न...