गण्डकी र लुम्बिनी जोड्ने कालीगण्डकीको पुल सञ्चालनमा आएपछि स्थानीयमा खुसियाली

Published on

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने गरी तनहुँको घिरिङमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । २७ करोड रुपियाँको लागतमा निर्मित २१० मिटर लामो यस पुलले तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१, स्याउली बजारलाई सिधै जोडेको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलका अनुसार युनाइटेड बिल्डर्सले निर्माण गरेको यो डबल लेन पुल पश्चिम क्षेत्र सेक्टर नं। ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा सम्पन्न भएको हो । “लामो समयको प्रतीक्षापछि पुल निर्माण सम्पन्न भई तनहुँतर्फको भाग सडक सञ्जालसँग जोडिएको छ,“ अध्यक्ष सिग्देलले भन्नुभयो, “अहिले पुलबाट सवारी साधनहरू निर्वाध रूपमा आउजाउ गर्न थालेका छन् ।’’ 

पुल सञ्चालनमा आएसँगै वर्षौँदेखि सास्ती खेप्दै आएका स्थानीयवासीमा उत्साह छाएको छ। स्थानीय बासिन्दा गोपाल भण्डारीले पुलले जीवनशैली नै बदलिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले नजिकैको स्याउली बजार जान पनि पाल्पाको निस्दी गाउँपालिका घुमेर निकै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’’ भण्डारीका अनुसार हाल आफ्नै गाउँ अगाडि पुल बनेर गाडी चल्न थालेपछी समय र खर्च दुवैको बचत भएको छ ।कालीगण्डकी नदीमा पुल नहुँदा यसअघि पुट्टार र स्याउलीका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको थियो । बिरामीलाई अस्पताल पुर्‍याउन र स्थानीय कृषि उपज बजारसम्म लैजान भोग्नुपर्ने भौगोलिक कठिनाइ अब अन्त्य भएको छ । यस पुलले दुई प्रदेशबीचको व्यापारिक सम्बन्ध मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई समेत प्रगाढ बनाएको अध्यक्ष सिग्देल बताउनुहुन्छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...