अटो दुर्घटनामा तीन जना घाइते

Published on

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा अटोचालक मनहरी गाउँपालिका–७, रमनटार निवासी ३४ वर्षीय अशोक लामा, अटोमा सवार मनहरी–६, नयाँबस्तीका २६ वर्षीय रोशन प्रजा तथा चितवनको राप्ति नगरपालिका–१, लोथर निवासी ५१ वर्षीया सीता कडेल घाइते भएका हुन् । घाइतेहरूको हात, टाउको, अनुहार र ढाडमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो । उहाँहरूको मनहरी अस्पतालमा उपचार गरिएको छ । मनहरीबाट लोथरतर्फ जाँदै गरेको ना. २ ह. ५५०२ नम्बरको अटोलाई सोही दिशातर्फ जाँदै गरेको ग. २ च. ७१३८ नम्बरको बोलेरो गाडीले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी सहायक निरीक्षक बलिराम साहको नेतृत्वमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बोलेरो चालक लमजुङको मध्यनेपाल नगरपालिका–८ निवासी ३१ वर्षीय गणेश बोटे र उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ ।...

बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरे

काठमाडौं । सल्यानको कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट एउटै घरका नौ वटा बाख्रा मरेका छन्...

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध...

राससको प्रधानसम्पादकमा महतो

काठमाडौं । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ...