नवलपुरका पत्रकार विश्वकर्माको निधन

Published on

काठमाडौं । नवलपुरका सक्रिय पत्रकार अमितकुमार विश्वकरमाको निधन भएको छ । उहाँको ४० वर्षको उमेरमा बुधबार दिउँसो भरतपुर अस्पतल चितवनमा निधन भएको परिवारले जनाएको छ । उहाँ लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुनथ्यो । विश्वकर्माले मध्यविन्दु प्रादेशिक अस्पतालमा नियमित डायलासिस गराइरहनु भएको थियो ।

नेपाल पत्रकार महासंघ, नवलपुरका कार्यसमिति सदस्य विश्वकर्मा रेडियो सहिदनगर डण्डामा कार्यरत हुनुहुन्थ्यो । उहाँले केही दिनअघि मात्र आफुले मिर्गौला प्रत्यारोपणको तयारी गरिहेको बताउन भएको थियो ।

उहाँका एक छोरा र श्रीमती हुनुहुन्छ । उहाँको आज बिहीबार पिठौली घाटमा अन्त्येष्टि गर्ने परिवारले जनाएको छ । यसैबिच नेपाल पत्रकार महासंघ, नवलपुर शाखाले उहाँको निधनले जिललाले एउटा सक्षम र इमान्दार पत्रकार गुमाएको भन्दै गहिरो शोक व्यक्त गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी...

इन्धन मूल्यवृद्धिको मारमा किसान

काठमाडौं । लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन,...

वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

 काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली...

नवनिर्वाचित सांसदको शपथ तयारी पूरा

काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा...