झापामा बर्डफ्लु : दमकको फार्ममा तीन करोडको क्षति

Published on

काठमाडौं । झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ। दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपर्यो। साथै, अण्डा, दाना (चारो) र फार्मका अन्य संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि क्षति तीन करोड रुपियाँभन्दा बढी पुगेको छ। यसले १५ जना मजदुरलाई बेरोजगार बनाएको छ। यो फार्म झापाकै ठूला र व्यवस्थित कुखुरा पालन केन्द्रमध्ये एक मानिन्थ्यो। आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण यसले स्थानीय बजारमा महत्वपूर्ण योगदान दिँदै आएको थियो। तर, एक्कासी कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लुको संक्रमण देखिएपछि चार दिनमै फार्म शून्य अवस्थामा पुग्यो।

सरकारी मापदण्डअनुसार संक्रमण फैलिन नदिन सम्पूर्ण कुखुरा र सम्बन्धित सामग्री नष्ट गर्नुपरेको प्रशाईले बताए। यस प्रक्रियामा हजारौँ जीवित कुखुरा मारिएका, तयार अण्डा फालिएका र चारोसमेत नष्ट भएको छ। फार्म सञ्चालक प्रशाईका अनुसार व्यवसाय बैंक ऋण र आफन्त तथा साथीभाइको सहयोगमा सुरु गरिएको थियो। अब बैंकको ऋण तिर्न र व्यवसाय फेरि सञ्चालन गर्न कठिन भएको उहाँले बताउनुभयो। बिमा भए तापनि बर्डफ्लुमा दाबी नहुने प्रावधानले बिमाबाट क्षतिपूर्ति पाउन पनि समस्या छ।

उहाँले भने, “सरकारबाट राहत र पुनःस्थापना पाए मात्रै व्यवसाय फेरि उठ्न सक्छ, नभए पालायनको अवस्था आउन सक्छ।” बर्डफ्लु जस्तो संक्रामक रोगले एक फार्ममा मात्र सीमित नभई वरिपरि क्षेत्रलाई पनि जोखिममा पार्न सक्ने भएकाले स्थानीय व्यवसायीहरू पनि चिन्तित छन्। कुखुरापालन किसान माधव पराजुलीले बताए अनुसार, “समयमै प्रभावकारी नीति, सहयोग र सुरक्षात्मक उपायहरू लागू नगरे यस्ता घटनाले किसानहरूको उत्साह घटाउने र कृषि क्षेत्रमा नकारात्मक असर पार्ने खतरा रहन्छ।” गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...