वडा सदस्यको निधनमा शोक बिदा

Published on

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिहीबार एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाको फागुन ११ गतेको निर्णयअनुसार शोक बिदा दिएको हो । प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलद्वारा हस्ताक्षरित सूचनामा पालिका तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहने उल्लेख गर्नुभएको छ । यद्यपि, सञ्चालनमा रहेका विद्यालयस्तरीय परीक्षाहरु भने साविककै तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ ।

फागुन १० गते बकैया गाउँपालिका वडा नं. ११ का निर्वाचित वडा सदस्य ४२ वर्षीय ज्ञानबहादुर गोलेको करेन्ट लागेर निधन भएको थियो । बकैया–११ स्थित पिपलडाँडा लेक निवासी गोले वडा कार्यालयको नियमित बैठकमा सहभागी हुन जाने क्रममा बाटोमा भुइँमा झरेको बिजुलीको तार हटाउने प्रयास गर्दा करेन्ट लागेर मृत्यु भएको थियो ।  गोले २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले स्थानीय तहमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...