काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९ः३० बजे सगरमाथा सिमेन्ट उद्योगको रा १ क १२९३ नम्बरको टिप्पर रोल्पाबाट दाङतर्फ चुनढुङ्गा ल्याएर आउँदै गर्दा स्थानीय करिव ल ५२ वर्षीया ज्योति पुनलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ।
दुर्घटनामा संलग्न टिप्पर चालक घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी दिनेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिप्पर जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले चलाकलाई कारवाही माग गर्दै शव सडकमै राखी सडक अवरुद्ध गरेका छन्। गोरखापत्र

