७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी

Published on

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको छ। यो कार्यक्रम महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। प्रभातफेरी सिमाचोकबाट सुरु भएर बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोक पुगेको थियो र पुनः सिमाचोकमा फर्केर कोणसभामा परिणत भएको थियो।

कोणसभामा महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले वर्तमान परिस्थितिमा पत्रकारको हकहित सुरक्षित राख्दै अगाडि बढ्नुपर्ने औँल्याउनुभयो। उहाँले मिडियामाथि भइरहेका चौतर्फी आक्रमणका बाबजुद पेशागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो। सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारबीचको भिन्नता आम नागरिकले छुट्याउन नसक्दा पत्रकारिताको विश्वसनीयता र सुरक्षामा चुनौती थपिएको बताउँदै, नागरिकको हकहितका लागि पत्रकारले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो।

त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले नागरिक पत्रकारितालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले अधिकारसँगै कर्तव्य पनि जोडिएको भएकाले पत्रकारले पेशागत मर्यादा कायम राख्दै सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो। प्रभातफेरी कार्यक्रममा मकवानपुरका सञ्चारकर्मी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...

पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसमा प्रभातफेरी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित प्रभातफेरी गरेको छ...