सुनसरीका एसईई केन्द्राध्यक्षलाई प्रशिक्षण

Published on

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्राध्यक्षलाई प्रशिक्षण दिने क्रममा परीक्षा समन्वय समितिले परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको हो । परीक्षामा परीक्षार्थीहरुलाई निर्वाद र निर्भिक रुपमा लेख्ने वतावरण दिनुपर्ने तर चिट चोर्न र चोराउन नपाउने गरी केन्द्राध्यक्षलाई प्रशिक्षण दिँदै परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई सुनसरी प्रमुख देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकले के गर्न हुने, के गर्न नहुने ? बारेमा प्रशिक्षण दिएको र सोही क्रममा परीक्षा मर्यादित बनाउन निर्देशन दिएको हो । केन्द्राध्यक्षहरुलाई तालिम, उतरपुस्तिका केन्द्रमा र प्रश्न पत्र सम्बन्धीत सुरक्षा इकाईमा पठाइएको जानकारी दिनुभयो । चैत १९ गतेबाट सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुनसरीबाट १३ हजार ९७८ जना परीक्षार्थी सहभागी हुँदैछ । जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र सात हजार ४३ जना र छात्रा ६ हजार ९३५ जना गरी १३ हजार ९७८ जना विद्यार्थीहरू सहभागी हुने भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सुनसरीले जनाएको छ । 

परीक्षार्थीहरुका लागि जिल्लाभर ५० वटा परीक्षा केन्द्र तोकिएको समन्वय इकाई प्रमुख देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार सुनसरीबाट गत वर्ष छात्र सात हजार १४ जना र छात्रा ६ हजार ४९ जना गरी कुल १३ हजार ६६३ जना एसईई परीक्षामा सहभागी भएकोमा यसवर्ष गत वर्षको परीक्षामा भन्दा ३२४ जना परीक्षार्थी बढीले परीक्षा दिनेछ ।एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३२१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल ११७ सामुदायिक विद्यालय छन भने संस्थागततर्फ कुल २०४ विद्यालय रहेका छन् । सुनसरीको धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गाँउपालिकामा २, दुहवी नगरपालिकामा ३, देवानगन्ज गाउपालिकामा १, बराहक्षेत्र नगरपालिकामा ७, बर्जु गाउपालिकामा ३, भोक्राह नरसिंह गाउपालिकामा १, रामधुनी नगरपालिकामा ३ र हरिनगर गाउँपालिकामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्रहरूमा जनशक्तिका रुपमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६८० निरीक्षक, १ सय ३५ परीक्षा सहायक, २७१ कार्यालय सहयोगी खटिने परीक्षा समितिले जनाएको छ । परीक्षा व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्ने तयारी भएको छ । परीक्षा केन्द्र निर्धारण भएको विद्यालयकै प्रधानाध्यापक वा वरिष्ठ शिक्षकलाई केन्द्राध्यक्ष तोकि तालिम दिएको इकाइ प्रमुख मल्लले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी...

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

 काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी)...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र...