हुम्ला र डोल्पाका लागि पठाइयो पाठ्यपुस्तक

Published on

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले कर्णालीको हिमाली जिल्ला हुम्ला र डोल्पाका लागि चैत १६ गते सोमबारदेखि पुस्तक वितरण सुरु गरिएको बताउनुभयो । नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक कर्णाली र लुम्बिनीका जिल्लामा वितरण गर्नका लागि नेपालगन्जस्थित गोदाममा आइपुगेको उहाँले बताउनुभयो । “लुम्बिनी र कर्णालीका जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ, हाल हामीसँग करिब ८५ प्रतिशत पाठ्यपुस्तक गोदाममै छ । प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लामा क्रमशः पुस्तक वितरण गर्दैछौँ,” प्रमुख खनालले भन्नुभयो, “सोमबारदेख कर्णालीको हुम्ला र डोल्पाका लागि पुस्तक वितरण सुरु गरिसकेका छौँ । त्यहाँका केही बिक्रेता आएर त्यहाँ आवश्यक पुस्तक लैजानु भएको छ ।”

प्रमुख खनालका अनुसार जिल्लाहरुमा पाठ्यपुस्तक बिक्री वितरणका लागि समयतालिका तोकिएर सोही अनुसार गरिएको छ । चैत १६ गते हुम्ला र डोल्पा, १७ गते रुकुम पूर्व, १८ र १९ गते रुकुम पश्चिम, २० र २१ गते रोल्पा, २२ गते जाजरकोट, २३ र २४ गते सल्यान, २५ र २६ गते दाङ, २७ र २८ गते बर्दिया र २९ र ३० गते बाँके जिल्लामा पुस्तक वितरण गरिने समयतालिका रहेको उहाँले जानकारी दिनुभयो । “पहिलो चरणका लागि हामीले चैत १६ देखि ३० गतेसम्म हरेक जिल्लालाई समयतालिका बनाएर सोही अनुसार वितरण गर्ने योजना अनुसार वितरण गरिरहेका छौँ, दोस्रो चरणमा २०८३ वैशाख १ देखि १५ गतेसम्म पनि छुटपुट भएका जिल्लाका बिक्रेतालाई वितरण गर्ने छौँ ।” उहाँले भन्नुभयो । सबै पाठ्यपुस्तक सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको पहिलो दिनमै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । बिक्रीका लागि लक्ष्य राखिएको १५ लाख ९१ हजार थान पुस्तकमध्ये गोदाममा हाल १३ लाख ३५ हजार थान, करिब ८५ प्रतिशत पुस्तक मौज्दात रहेको र बाँकी पुस्तक आउने क्रम रहेको पनि उहाँले जानकरी दिनुभयो ।

गत आवमा विभिन्न जिल्लाका १२० बिक्रेतामार्फत १९ करोड ६० लाख रुपियाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण भएको र यस आवमा २१ करोड रुपियाँ बराबरका १५ लाख ९१ हजार थान पुस्ता बिक्री गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको उहाँले बताउनुभयो । जनक शिक्षा सामग्रीले कक्षा ५ देखि १२ सम्मका आवश्यक पाठ्यपुस्तकहरू बिक्री वितरण गर्दै आएकोमा गत वर्षबाट कक्षा ३ को समेत पुस्तक बिक्री वितरण सुरु गरेको छ । जनक शिक्षाले विराटनगर, पोखरा, भरतपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री वितरण गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...

प्रतिनिधि सभाको बैठक सुरु : उच्च राजनीतिक सरगर्मी

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभएको छ ।...

इरानी सर्वोच्च नेता खमेनीद्वारा पूर्वाधार पुनः स्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न...