लेबनानका स्वास्थ्य केन्द्रमा आक्रमण जारी : राष्ट्रसङ्घ

Published on

काठमाडौँ । लेबनानका स्वास्थ्य केन्द्रमा निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । पछिल्लो समयमा लेबनानले निरन्तर ८७ वटा आक्रमणको सामना गर्दा ५२ जना स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य १२६ जना घाइते भएको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार एक हप्ताको समयमा सात वटा आक्रमणका घटना दर्ता भएका छन् भने आक्रमणमा कम्तीमा नौ जना स्वास्थ्य कार्यकर्ताको आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै मृत्युवरण गरेका छन् संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले दक्षिणी लेबनानमा भएको आक्रमणले कयौँ हताहत हुनुका साथै सवारी साधनसहित एम्बुलेन्समा पनि प्रहार गरेको बताउनुभएको छ ।

यसको बावजुद, संयुक्त राष्ट्र सङ्घ र यसका साझेदार सस्थाले लेबनानमा आवाश्यक सहयोग र सहकार्य जारी राखेको उहाँले बताउनुभएको छ । डब्ल्युएचओ र अन्य साझेदारले विस्थापित मानिसलाई स्वास्थ्य परामर्श २२ हजार भन्दा बढी मानिसलाई आवश्यक औषधी प्रदान गरेको डुजारिकले उल्लेख गर्नुभएको छ । उहाँले दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्ने सम्बन्धमा इजरायली सरकारले गरेको घोषणाको विकल्पमा मानवीय र स्वास्थ्य कार्यकर्ता लगायत नागरिक पूर्वाधारको रक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । 

लेबनानका मानवीय संयोजक इमरान रिजा र डब्ल्युएचओका प्रतिनिधि डाक्टर अब्दिनसिर अबुबाकरले सयुक्त रुपमान जारी  जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य कार्यकर्ता र उत्तरदाताको सुरक्षाका लागि आह्वान गरिएको छ । विगत २४ घन्टाको समय अवधिमा भएका दुई वटा छुट छुट्टै घटनामा तीन जना शान्ति रक्षकको मृत्यु भएको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...

विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित...