मुस्ताङमा आर्थिक गणनाका लागि गणक खटिने

Published on

काठमाडौँ । मुस्ताङमा आर्थिक गणनाका लागि जिल्ला आर्थिक गणना कार्यालयको स्थापना गरिएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने आर्थिक गणनाका लागि ५ जना गणक र एक जना सुपरीवेक्षक परिचालन गरिनेछ । आर्थिक गणना कार्यालयका प्रमुख सुदिप पौडेलका अनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा आर्थिकजन्य गतिविधिमा संलग्न सबै प्रकारका ब्यवसायको विस्तृत विवरण संकलन गरिनेछ । आर्थिक गणना अधिकारी पौडेलले भन्नुभयो, ‘‘आर्थिक क्रियाकलाप हुने सबै प्रकारको सेवा र ब्यवसायको तथ्याङ्क संकलन हुन्छ, गणक छनौट गरेपछि तालिम दिएर खटाउँछौ ।’’ 

मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा खटिने गणकले १५ खण्डमा विभाजित प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् । आगामी चैत २० गते जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी र चैत २४ गते गणकको अन्तरवार्ता र २६ गते तालिमको आयोजना गरिएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । पछिल्लो समय मुस्ताङमा स्थानीय बाहेक जिल्ला बाहिरबाट गएर ब्यवसाय गर्नेको संख्या अत्यधिक भएकाले आर्थिक गणनाले जिल्लाभित्रको आर्थिक गतिविधिमा संलग्नको बास्तविक विवरण संकलन हुने भएकाले निजी क्षेत्रलाई सहज हुने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो । 

२०७५ सालमा लिइएको तथ्याङ्कमा मुस्ताङमा आर्थिक गतिविधि तथा सेवामा ७ सय ७५ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा चारसय ९२ दर्तावालाले सञ्चालन गरेको भाडा र सम्झौतामा ६५ देखिएको थियो । जिल्लामा होटल, रेन्टुरेन्ट, कृषि र पर्यटनको क्षेत्रमा धेरै ब्यवसाय तथा संलग्नता रहेको छ । हाल बेनी–जोमसोम सडक खण्डको छिमेकी जिल्ला म्याग्दीसँग जोडिएको घाँसादेखि चीनको तिब्वतको सिमानामा रहेको कोरला नाकासम्म ब्यवसाय बिस्तार रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च...

ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी...

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

 काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि जारी गर्दै आएको यात्रा मार्गनिर्देशन (ट्राभल एडभाइजरी)...

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

काठमाडौं । सङ्घीय संसद सचिवालयको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र...