पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न सामग्री वितरण

Published on

काठमाडौं । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्लाका छापा सञ्चार माध्यमका कार्यरत सन्त नेपाली र पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय सहयोगी मनकुमारी परियारलाई दैनिक उपभोग्य खाद्य सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतमका अनुसार दुवै जनालाई दाल, चाम, तेल, नुन लगायतको सामग्री प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले पत्रकार महासंघको स्थापना दिवसले आगामी समयमा सञ्चार क्षेत्रको उन्नती र दिगो पनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले पत्रकार हकहितका लागि वर्तमान सरकारको पनि ध्यानाकर्षण हुनु पर्ने बताउनुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित बिश्वकर्माको स्वागत र सचिव ठाकुर आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...