सर्लाहीमा परीक्षा केन्द्रमै एसइईको उत्तरपुस्तिका परीक्षण

Published on

काठमाडौं । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षा केन्द्रहरुमै परीक्षण गर्न सुरु गरिएको छ । सरकारले यो वर्षदेखि एक महिनाभित्रै एसइईको नतिजा प्रकाशन गर्ने निर्णय गरे बमोजिम परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले जिल्लाको ३५ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न हुनासाथ कापी जाँच्ने काम बिहीबारदेखि नै सुरु गरिएको जानकारी दिनुभयो । प्रहरीको सुरक्षामा परीक्षा केन्द्र रहेको पालिकाका विषयगत माध्यमिक तहमा अध्ययन गराउने शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण गर्ने काम गरिरहेका सूचना अधिकारी कुशवाहाले बताउनुभयो । उहाँका अनुसार एसइईअन्तर्गत बिहीबार पहिलो दिन सर्लाहीमा ८०२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

फारम भरेकामध्ये ४५८ जना छात्रा र ३४४ जना छात्र पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा सामेल नभएका शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । सर्लाहीमा बिहीबार पाँच हजार ३७१ छात्रा र पाँच हजार १९८ छात्र गरी जम्मा १० हजार ५६९ जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् । एसइईअन्तर्गत परीक्षार्थीले शुक्रबार दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिएका छन् । जिल्लाभर शान्तपूर्वक रुपमा परीक्षा अघि बढेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र...

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १०...

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न...

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव: मन्त्री तिमिल्सिनाद्वारा योगदानको प्रशंसा

काठमाडौं । नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा...