रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव: मन्त्री तिमिल्सिनाद्वारा योगदानको प्रशंसा

Published on

काठमाडौं । नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपालले लामो इतिहास पार गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा रूपान्तरण भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले राष्ट्रिय एकता, विपद् व्यवस्थापन तथा समृद्धिको अभियानमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले नागरिक केन्द्रित सेवा प्रवाहमा रेडियो नेपालको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो। शुभकामना सन्देशमा उहाँले नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न प्रसारण क्षमता विस्तार गरी भू–सतही प्रविधिमार्फत देशको सबै भू–भागमा पहुँच पुर्‍याउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो। मन्त्री तिमिल्सिनाले हालै सम्पन्न आम निर्वाचनबाट प्राप्त जनादेशअनुसार सरकारले शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो। रेडियो नेपालले यी विषयलाई प्राथमिकताका साथ प्रसारण गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले भन्नुभयो “सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा रूपान्तरणपछि रेडियो नेपालको दायित्व र जवाफदेहिता अझ बढेको छ। आगामी दिनमा अझ गुणस्तरीय, तथ्यपरक र नागरिकमैत्री सामग्री उत्पादनमा जोड दिनु आवश्यक छ।” अन्त्यमा, मन्त्री तिमिल्सिनाले रेडियो नेपालका सम्पूर्ण श्रोता, शुभेच्छुक तथा कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिको कामना गर्नुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...