इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

Published on

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ  । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्षम रहेको बताइएको छ । यसैगरी, इरानसँग ठूलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा प्रणालीका रूपमा प्रयोग हुने क्रुज मिसाइलहरूको उल्लेखनीय हिस्सा अझै बाँकी रहेको जनाइएको छ । यी क्षमता होर्मुज जलडमरूमध्य नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छन् । इरानको नियमित नौसेनाका धेरै जहाजहरू नष्ट भए पनि इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित छुट्टै नौसैनिक बलले अझै करिब आधा क्षमता जोगाइराखेको बताइएको छ । यसअन्तर्गत सयौँदेखि हजारौँसम्म साना डुङ्गा तथा मानवविहीन जलयानहरू बाँकी रहेका छन् ।

गुप्तचर मूल्याङ्कनले इरानले भूमिगत संरचनाहरू प्रयोग गरेर आफ्ना मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित राख्न सफल भएको देखाएको छ । इरानले लामो समयदेखि सुरुङ र गुफाहरूको सञ्जालमा यस्ता संरचना लुकाउँदै आएको छ, जसले तिनीहरूलाई लक्ष्य बनाउन कठिन बनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाही सम्पन्न गर्न दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गरे पनि गुप्तचर मूल्याङ्कनको अध्ययन गरेका स्रोतहरूले उक्त समयसीमा यथार्थपरक नभएको बताउनुभएको छ । हालसम्म पनि इजरायल, खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरू तथा अमेरिकी सेनाले इरानबाट हुने नियमित मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न...

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सव: मन्त्री तिमिल्सिनाद्वारा योगदानको प्रशंसा

काठमाडौं । नेपालको पहिलो प्रसारण माध्यम रेडियो नेपाल ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...