शैक्षिकसत्र अगावै तनहुँमा पर्याप्त पाठ्यपुस्तक

Published on

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३–८४ सुरु हुनुअगावै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लामा बाल शिक्षादेखि कक्षा १० सम्मका आवश्यक पुस्तकहरू भित्रिएका हुन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखा तनहुँका अनुसार जनक शिक्षा सामग्री केन्द्रले मागअनुसार पुस्तक उपलब्ध गराएपछि यस वर्ष अभाव नहुने भएको हो । महासङ्का केन्द्रीय कोषाध्यक्ष एवं न्यू विद्यार्थी पुस्तक पसल, दमौलीका सञ्चालक ताराराम श्रेष्ठले सामुदायिक र निजी दुवै विद्यालयका लागि अङ्ग्रेजी तथा नेपाली माध्यमका पुस्तकहरू आइरहेको जानकारी दिनुभयो ।  श्रेष्ठले भन्नुभयो, “चैत २६ गतेसम्म जिल्लाका सबै क्षेत्रमा पुस्तक पुगिसक्नेछन्, यस पटक मागअनुसार आपूर्ति भएकाले अभाव छैन ।” समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ। 

इकाइका सूचना अधिकारी भरत बरालले शैक्षिकसत्रको सुरुमै पुस्तक उपलब्ध हुनुले विद्यार्थीको पढाइमा सहजता आउने बताउनुभयो । इकाइको तथ्याङ्क अनुसार जिल्लाका सबै विद्यार्थीले वैशाखको सुरुवातमै आवश्यक पुस्तक खरिद गर्न सक्ने सुनिश्चितता देखिएको छ । पछिल्लो समय जनक शिक्षा सामग्री केन्द्रले छपाइ र वितरणमा तदारुकता देखाएपछि ग्रामीण क्षेत्रका विद्यालयमा समेत समयमै पुस्तक पुग्न थालेको इकाइले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

काठमाडौं । नासाको आर्टेमिस अभियान अन्तर्गत अन्तरिक्ष यात्रीको टोली आइतबार चन्द्रमाको वरिपरि ‘स्लिङ्गशट’ मार्गमा...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा...

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

काठमाडौं । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै...

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

काठमाडौं । इजरायली फायर फाइटरले उत्तरी शहर हाइफामा एक आवासीय भवनमा मिसाइल प्रहारपछि दुई...